प्रधानन्यायाधीशको एक प्रश्न, जस्ले महान्यायाधीवक्ताको बोली बन्द भयो

प्रधानन्यायाधीशको एक प्रश्न, जस्ले महान्यायाधीवक्ताको बोली बन्द भयो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्दा हस्ताक्षर किर्ते गरिएको विषयमा दर्ता गर्नुपर्ने बेला नै बोल्नुपर्ने होइन र? भनेर प्रश्न गरेका छन्। 

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइअन्तर्गत सोमबारको बहसमा महान्यायाधीवक्ता रमेश बडालले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्दा शेरबहादुर देउवाबाट हस्ताक्षर किर्ते भएको बताएका थिए। 

महान्यायाधीवक्ताको बहसबारे टिप्पणी गर्दै प्रधानन्यायाधीश राणाले आवेदन केरमेट गरिएको थियो भने दर्ता गर्ने बेला हेर्नुपर्ने होइन र? भनेर पनि प्रश्न गरे। 

सोमबारको बहसका क्रममा महान्यायाधीवक्ता बडालले देउवालाई लक्षित गर्दै भनेका थिए, 'राष्ट्रपतिले दर्ता गरेर इज्जत जोगाइदिनु भएको हो। तर आफैं अदालत आएर इज्जतको जामा खोल्नु भयो। यो त किर्ते हो, किर्ते गर्ने कसरी प्रम हुन सक्छ ?'

महान्यायाधिवक्ता वडालको बहसपछि प्रधानन्यायाधीश राणाले भने, 'दर्ता गर्ने समयमा हेर्नुपर्ने हेरिएन, दर्ता गर्न नपर्नेमा गरियो नि त! यो कुरा जसको प्रयोग भयो त्यो सांसदले भन्ने होला। केरमेर नै थियो भने निवेदन किन दर्ता गरियो ?' प्रधानन्यायधीशको यो प्रश्नपछि महान्यायधीवक्ताको बोली बन्द भएको थियो ।