देउवालाई प्रधानमन्त्री नियुक्त नगर्न राष्ट्रपतिको बदनियत देखियो : वरिष्ठ अधिवक्ता भण्डारी

देउवालाई प्रधानमन्त्री नियुक्त नगर्न राष्ट्रपतिको बदनियत देखियो : वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीमा बदनियत देखिएको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले १४९ जना प्रतिनिधि सभा सदस्यको समर्थन लिएर गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुमा राष्ट्रपतिको बदनियत लुकेको तर्क गरिन्। 

'संविधानको ७६(४) अनुसार विश्वासको मत लिनु पर्नेमा ओलीले नलिइ मार्ग प्रशस्त गरेको तर्ककै आधारमा प्रतिनिधि सभा विघटन गर्नु भयो। कुनै पनि सांसदले प्रधानमन्त्री दाबी गर्ने आधार लिएर गए नियुक्त पाउने व्यवस्था धारा ७६ (५) हो उनले भनिन्।

धारा ७६ (४) अनुसार विश्वासको मत पाउने सम्भावना नभएको र अधिकार नभएको अवस्थामा प्रधानमन्त्री ओलीले एमाले र जसपाको सर्मथन रहेको दाबी गरेकाले उनको त्यो दाबी खारेज गर्नुपर्ने उनकले बताइन्। 'देउवालाई नियुक्ति दिनु पर्ने थियो। यो अन्य देशको भन्दा भिन्न व्यवस्था हो।  अब अदालतलबाट स्वतन्त्र  र निष्पक्ष आदेश हुने विश्वास लिएका छौं, भण्डारीले भनिन्।