हेलम्बुकाे बाढीले मेलम्ची खानेपानी आयाेजनाकाे मुख्य बाँधस्थल क्षतविक्षत

हेलम्बुकाे बाढीले मेलम्ची खानेपानी आयाेजनाकाे मुख्य बाँधस्थल क्षतविक्षत

हेलम्बु . हेलम्बु नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँधस्थलमा ठूलो क्षति पुर्‍याएकाे छ। बाढीले सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयाेजनाको मुख्य बाँधस्थलका संरचनाहरु क्षतविक्षत पारेकाे हाे। आयोजनाको मुख्य बाँधस्थल हेलम्बु नदीले बगरमा परिणत गरिदिएको छ।

बाढीले संरचनामा क्षति गरेपछि मेलम्ची खानेपानी आयोजनाको वितरण प्रभावित हुने देखिएको छ। शिलान्यासको करिब तीन दशक पुग्दा बल्ल मेलम्ची खानेपानी आयोजना केही महिनादेखि सुचारु भएको थियो।  बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका केही कर्मचारी घाइते भएका थिए। बाढीले के कति क्षति भयाे भन्ने विवरण संकलनकै क्रममा रहेकाे मेलम्ची खानेपानी आयाेजनाका अधिकारीले जानकारी दिएका छन्।

हेलम्बु क्षेत्रमा बाढीपहिरोले गाउँ नै खालि भएका छन् भने विद्युत, टेलिफोन र सडक सम्पर्क विच्छेद भएको हो। असारलागे यता हेलम्बु, मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले धनजनको ठूलो क्षति गरेको छ। सयाैँ परिवार घरबारबिहीन भएका छन्।

बिस्थापित बासिन्दाहरु राहत र उद्धारकाे पर्खाइमा छन्। बिस्थापितहरुलाई राखिएका अस्थायी शिविरमा सरुवा राेगकाे प्रकाेप फैलिन सक्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिइरहेका छन्।