मेक्सिकोको कारागारमा कैदी कैदीबीच झडप, १६ जनाको मृत्यु

मेक्सिकोको कारागारमा कैदी कैदीबीच झडप, १६ जनाको मृत्यु


काठमाण्डौ : मेक्सिकोको जाकातेकास कारागारमा कैदी कैदीबीच भएको झडपमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ । स्थानीय समयानुसार दिउसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो ।

प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीहरुले जनाएका छन् । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मङ्गलबार दिउसो सो झडप भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर अवस्थालाई आफ्नो नियन्त्रणमा लिएको सार्वजनिक सुरक्षा विभागले जनाएको छ । (रा.स.स )