काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडन जी७ मुलुकहरूको शिखर सम्मेलनमा भाग लिन बेलायतको कर्नवालमा पुग्दा बेहोशी भएर क्याफेतिर घुमिरहेको भिडियो सार्वजनिक भएको छ । उनी दिग्भ्रमित भएर हिँडेपछि पत्नी जिल बाइडनले उनलाई डोहोर्याएर लगेकी थिइन् ।
अमेरिकामा रिपब्लिकनहरूले लामो समयदेखि बाइडनको वृद्धावस्थाका कारण मानसिक स्थिति सबल नरहेको भन्दै प्रश्न उठाउने गरेका छन् । शुक्रवार पोस्ट गरिएको भिडियोमा क्याफेको टेरेसमा बेहोशी पारामा घुमिरहेको देखिन्छ । त्यहाँ रहेका एक सञ्चारकर्मीले उनलाई सोध्छन्, ‘कर्नवालमा बैठकहरू कस्तो जाँदैछन् रु’
त्यसपछि बाइडनले बूढी औंला उचालेर ‘गजब’ भन्छन् । अनि जिल बाइडन आउँछिन् र आफू भएतिर बोलाउँछिन् । त्यसपछि उनी पतिलाई डोहोर्याएर लग्छिन् । खाना खान बसेकाहरू चर्को स्वरमा हाँस्छन् ।
बाइडन यसरी अलमलमा परेको देख्दा उनका आलोचकहरूले उनको मानसिक क्षमतामा प्रश्न उठाएका छन् । बाइडनले आफ्नै अधिकारीहरूको नाम बिर्सने, सिरियालाई लिबिया भन्ने अनि बोल्दा बोल्दै बीचैमा कुरा बिर्सने गरिसकेका छन् ।
https://twitter.com/i/status/1403421687861764099