दीपक मानाङे फेरि मन्त्री बन्दै

दीपक मानाङे फेरि मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्रीको शपथ लिने भएका छन् । बिहीबार मात्रै खेलकुदमन्त्रीबाट राजीनामा दिएका उनी फेरि मन्त्री बन्न थालेका हुन् । 

गुण्डागर्दी पृष्ठभूमिका उनी यसअघि पृथ्वीसब्बा गुरूङको मन्त्रिपरिषद्मा मन्त्री रहेका थिए । गुरुङलाई विश्वासको मत नदिएका उनी विपक्षी गठबन्धनको बहुमत पुर्‍याउनका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा उभिएका थिए ।

तत्‍कालीन नेकपाको सहयोगमा मनाङबाट निर्वाचित उनी पुनः विनाविभागीय मन्त्रीका रूपमा सपथ लिन लागेको कांग्रेस नेता कुमार खड्काले जानकारी गराएका छन् ।