चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
शुक्रबार बालुवाटारमा आन्दोलनलाई हस्तक्षेप गर्दै प्रहरीले एक दर्जन बढी नागरिक अगुवालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा भास्कर गौतम ,शशीविक्रम कार्की, भावना राउत, खगेन्द्र संग्रौला, युग पाठक, नारायण वाग्ले, संगीत श्रोता, रिता परियार, नीर्ग नवीन, सौरभलगायत छन् ।
सरकारले सर्वोच्च अदालतको निर्णयविपरीत मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरूले विरोध गरेका हुन् ।