नवर्निवाचित राष्ट्रियसभा सांसद पाण्डेको शपथ आज

नवर्निवाचित राष्ट्रियसभा सांसद पाण्डेको शपथ आज

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा विजयी दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको सपथ लिँदै छन्।  लुम्बिनी प्रदेश अन्र्तगत रिक्त राष्ट्रिय सभा सदस्यमा निर्वाचित पाण्डेले आज बिहान ११ बजे सपथ लिने कार्यक्रम रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए। पाण्डेलाई नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराउनेछन्।

विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे गत जेठ १७ गते भएको उपनिर्वाचनमा विजयी भएका थिए।  पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए। 

पाण्डे एमाले प्रदेशसभा सांसद पदबाट राजीनामा दिएर विपक्षी गठबन्धनबाट राष्ट्रियसभामा उम्मेदवार बनेका हुन् भने  खड्काले माओवादी छाडेर एमाले प्रवेश गरेका कारण कारबाहीपछि राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो। एमाले प्रवेश गरेका खड्कालाई नै एमालेले राष्ट्रियसभाको उमेदवार बनाएको थियो।