काठमाडौं । आर्थिक वर्ष २०७८-७९ को आय व्ययको अनुमानित विवरण बजेट आज प्रस्तुत हुँदैछ। प्रतिनिधिसभा नभएका कारण आज अध्यादेशमार्फत बजेट आउन लागेको हो।
आज अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्नुत गर्नुहुने कार्यक्रम छ। हिजोअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गरे। सर्वेक्षणमा चालू आर्थिक वर्ष २०७७-०७८ मा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम हुने देखिएको छ । पछिल्लो समय बढ्दो क्रममा रहेको कोरोना संक्रमणले गर्दा अर्थतन्त्र प्रभावित भएकाले आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नपुग्ने बताए।
सरकारले बजेट मार्फत चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर कोरोनाको प्रभाव बढ्दै गएपछि केन्द्रीय तथ्यांक विभागले ४।०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो । आर्थिक संकटाका बावजुद पनि मुद्रास्फिति सिमा भित्र रहेको, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति सुविधा जनक रहेको अर्थमन्त्रीले बताए ।
लकडाउनपछि भी आकारमा सुधार हुँदै गएको अर्थतन्त्रमा २०७८ सालको सुरुवातसँगै फैलिन सुरु गरेको कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा पुनः जोखिम बढाएको मन्त्री पौडेलले बताए ।