भारतमा फेरि अर्को आँधीको चेतावनी

भारतमा फेरि अर्को आँधीको चेतावनी

काठमाडौं । भारतमा फेरि अर्को आँधीको चेतावनी जारी भएको छ । अरब सागरमा उत्पन्न भएको ताउ–तो चक्रवातको प्रभाव झेलेको केही दिनमै यास नामको चक्रवात उत्पन्न भएको भारतको मौसम विभागले जनाएको छ ।

बङ्गालको खाँडीमा उत्पन्न हुने चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिसा राज्यमा प्रभाव पार्ने राष्ट्रिय विपद् व्यवस्थापन विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भारतीय गृहमन्त्री अमित शाहले प्रभावित क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि सेनालाई तयारी अवस्थामा राखिएको बताए ।

भोलि बेलुकासम्म समुद्रबाट उठ्ने आँधी आउँदो बुधवार तटीय क्षेत्रमा ठोक्किने बताइएको छ । पश्चिम बङ्गाल र ओडिसाको तटीय क्षेत्रमा एक सय ६५ किलोमिटर प्रतिघण्टासम्मको गतिमा हावा चल्नुकासाथै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यास चक्रवातले पार्ने प्रभाव र विपद् व्यवस्थापनका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मौसम विभाग र राष्ट्रिय विपद् व्यवस्थापन विभागका पदाधिकारीसँग बैठक गर्ने भएका छन् ।