राष्ट्रपतिलाई तपाईं नभनेको भन्दै देउवामाथि खनिए प्रधानमन्त्री

राष्ट्रपतिलाई तपाईं नभनेको भन्दै देउवामाथि खनिए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उहाँले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे ।

बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’ भन्ने रहेको भन्दै असन्तुष्टि जनाए ।

ओलीले भने, ‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन् । नेपाली कांग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो ।’