जसपा विवादले पार्टीलाई विभाजनको अवस्थामा, महन्थ र उपेन्द्रबीच भेटवार्ता

जसपा विवादले पार्टीलाई विभाजनको अवस्थामा, महन्थ र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता हुने भएको छ । पार्टी विभाजनको अवस्थामा पुगेपछि दुवै अध्यक्ष बसेर सहमतिको प्रयास गरिने स्रोतले जानकारी दियो ।

वैकल्पिक सरकार निर्माणका क्रममा देखिएको विवादले पार्टीलाई विभाजनको अवस्थामा पुर्याएको छ । सरकार निर्माणको पक्षमा नरहेको भन्दै अध्यक्ष ठाकुरले बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए ।

ठाकुरको निर्णयबाट रुष्ट बनेको यादव समूहले पार्टी विभाजन हुने चेतावनी दिँदै आएको छ । त्यस्तै ठाकुर समूहले यादव समूहको उपस्थिति बिना नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि जसपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

यादव समूहले उक्त निर्णय मान्य नहुने बताउँदै आएको छ । आजको भेटवार्तामा यी सबै विषयमा सहमति खोज्ने बताइएको छ ।