एमालेको विवाद समाधान कार्यदलमा टोपबहादुर रायमाझी !

एमालेको विवाद समाधान कार्यदलमा टोपबहादुर रायमाझी !

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका विवाद समाधानका लागि कार्यदल गठनको अन्तिम तयारी भइरहेको छ । धानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको छलफलपछि कार्यदल गठनको तयारी अघि बढेको हो । दुवै पक्षका नेताहरुबीच शुक्रबार दोस्रो पटक वार्ता भएको थियो ।

दुवै पक्षका नेताहरुको वार्तापछि फेरी आज कार्यदल गठनका लागि नेताहरु छलफलमा जुट्दैछन् । आजको बैठकले कार्यदलका सदस्यहरुको नामको टुंगो लगाउंदैछ । एमालेमा कार्यदल निर्माण गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिइएको छ।

कार्यदलको संयोजक भने अर्थमन्त्री विष्णु पौडेललाई बनाउने पक्कापक्की भइसकेको छ । सदस्यहरुमा प्रधानमन्त्रीको तर्फबाट पौडेलसहित शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ,सुवास नेम्बाङ र टोपबहादुर रायमाझीलाई राख्ने तयारी छ ।

यता नेपाल पक्षबाट भने भिम रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टलाई राख्ने तयारी रहेको स्रोतको दावी छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शुक्रबार सांझ दुई पक्षबीच भएको बैठकमा एमालेका संगठन २०७५ जेठ २ अघिकै कायम गर्ने र त्यसका प्रक्रिया मिलाउन कार्यदल बनाउने निर्णय भएको थियो ।