कोरोनाबाट कांग्रेस नेता विजय गच्छदारकी पत्नीको निधन

कोरोनाबाट कांग्रेस नेता विजय गच्छदारकी पत्नीको निधन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका गच्छदारकी पन्तीको शनिबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

गत बिहीबार मात्र कोरोना पुष्टि भएको उनको केही दिनदेखि नर्भिकमा उपचार भइरहेको थियो। 

स्वास्थ्यमा सुधार नदेखिएपछि शनिबार बिहान उनको निधन भएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निर्मला गच्छदारको निधनप्रति दुःख व्यक्त गरेका छन्।