राष्ट्रपतिले पुनः वाक्य दोहोर्‍याउँदा ओलीले ‘यो पर्दैन’ भन्दै अगाडि बढे

राष्ट्रपतिले पुनः वाक्य दोहोर्‍याउँदा ओलीले ‘यो पर्दैन’ भन्दै अगाडि बढे

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले शुक्रबार ४२ औं प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।

माओबादी र एमालेको एकाता बाट बहुमत प्रप्त गरेर स्थिर सरकारको वाचा सहित प्रधानमन्त्रीका रुपमा ३ बर्ष अघि सपथ खाएका ओलीले बैशाख २७ गते विश्वासको मत प्रप्त गर्न नसके पछि संविधानको धारा ७६ (३) अनुसार संसदको ठुलो दलको हैसियतले अल्पमतको सरकारको सपथ ग्रहण गरेका छन् । अझ यती मात्र होईन सपथ ग्रहणका क्रममा देश र जनताका नाममा सपथ ग्रहणको प्रतिज्ञा गर्न समेत नर्पने भन्दै मजाक पनि उडाए ।

‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले सपथ गराउँदै गर्दा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्‍याउन छुटाएका थिए।

राष्ट्रपतिले पुनः वाक्य दोहोर्‍याउँदा ओलीले ‘यो पर्दैन’ भन्दै अगाडि बढेका थिए।

सो क्रममा राष्ट्रपति हाँसेकी थिइन्। प्रधानमन्त्री ओलीले शुक्रबार देश र जनताका नाममा सपथ लिएका हुन्।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको परिस्थिति छ।

देश कोरोनाको भुमरिमा पिल्सीरहेका बेला प्रधानमन्त्री र मन्त्रीहरु भने अनेक बाहानामा जनता बाट टाढा भाग्न खोजेको देखिन्छ ।