ओलीले पुरानै अनुहारलाई निरन्तरता दिने

ओलीले पुरानै अनुहारलाई  निरन्तरता दिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुरानै अनुहारलाई निरन्तरता दिने भएका छन् ।

पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बन्ने प्रक्रियामा रहेकाले आजै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहबाट मन्त्री बन्ने सम्भावना नरहेको बालुवाटार स्रोतले बतायो ।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बुझिएको छ ।

त्यस्लै, मन्त्रिपरिषद्मा अधिकांश पुरानै अनुहार दोहोरिने सम्भावना रहेको स्रोतले बतायो । “प्रधानमन्त्रीले पुरानै समूह दोहोर्‍याउँछु भन्नुभएको छ । नयाँ पर्दैनन् होला,” एक नेताले भने ।

प्रधानमन्त्री ओलीले आजै दिउँसो २ः३० बजे शपथग्रहणको तयारी गरेका छन् । उनले संविधानको धारा ७६ (३)अन्तर्गत शपथ लिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिन लागेका छन् । उनले २०७२ असोज २५ गते पहिलोपटक र २०७४ फागुन ३ गते दोस्रोपटक शपथ लिएका थिए ।