ट्रम्पमाथि महाअभियोगको सुनुवाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने

ट्रम्पमाथि महाअभियोगको सुनुवाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने विषयमा भइरहेको अनुसन्धानको सार्वजनिक सुनुवाइ हुने भएको छ । अहिले सम्म गोप्यरुपमा हुँदै आएको सुनुवाइ आउँदो हप्ताबाट सार्वजनिक रुपमै सुनुवाइ हुने भएको हो । अमेरिकी तल्लो सदनका समितिले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गर्दै आएका छन् ।

ट्रम्पमाथिको महाअभियोगको अनुसन्धानको सुनुवाइ अब टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ । ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन संवादमा पूर्व उपराष्ट्रपति जो बाइडेन तथा उनका पुत्र हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको खुलेको छ ।

उनले त्यसो नगरे सैन्य सहयोग रोक्ने चेतावनी पनि दिएको आरोप छ । ट्रम्पले भने आरोप अस्वीकार गर्दै आएका छन् ।