एकैदिन ३२ सय ८५ संक्रमितको मृत्यु, मृतक संख्या २ लाख नाघ्यो

एकैदिन ३२ सय ८५ संक्रमितको मृत्यु, मृतक संख्या २ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या २ लाख १ हजार १६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ६२ हजार ९०२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार सातौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ । भारतमा १ करोड ४८ लाख ७ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ छ ।

यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।