भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पोको रौनक

भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पोको रौनक
सातौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ। नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा बुधबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म सञ्चालन हुनेछ। फर्नेक्स २०१९ को शीर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट, जेन्सा कार्पेट र हलेसी डेकोर रहेका छन्। एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सहयोग छ। त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एसोसिएसनले पनि सहगोगी भूमिका निभाएका छन्। एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ। एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ। यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण रहेका छन्।