पूर्वराजा ज्ञानेन्द्र  शाह दम्पति अस्पताल भर्ना

पूर्वराजा ज्ञानेन्द्र  शाह दम्पति अस्पताल भर्ना

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । 

पूर्वराजाका संवाद सचिव फणीन्द्र पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको जानकारी दिए । यस्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन् ।  अस्पतालका अनुसार  तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।