कांग्रेसका नगर सभापतिको कोरोना सङ्क्रमणबाट निधन

कांग्रेसका नगर सभापतिको कोरोना सङ्क्रमणबाट निधन

ताप्लेजुङ । नेपाली कांग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ ।
उपचारका क्रममा शुक्रबार बिहान ९:०० बजे बिएन्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।

पीसीआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रहसमेत गरिएको उनले बताए । उनका अनुसार आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएको हो । प्रजिअ पाण्डेका अनुसार शवलाई झापामै अन्त्यष्टि गर्नका निम्ति प्रजिअलगायत अन्य सरोकारवालासँग समन्वय भइरहेको छ ।