आज थपिए २५५९ जना कोरोना संक्रमित , पाँचजनाको मृत्‍यु

आज थपिए २५५९ जना कोरोना संक्रमित , पाँचजनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् ।