निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।  संविधानको धारा २७१ अनुसार उपनिर्वाचनमा लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ। दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताका लागि आवश्यक पर्छ।

निर्वाचन आयोगले आज एक सूचना जारी गदै वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको छ। बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए। बादलले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गरेका थिए।

बादलको सांसद पद र गृहमन्त्री नै स्वतस् पद खारेज भएको थियो। तर सांसद नरहेका बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि गृहमन्त्री नियुक्त गरेका थिए।