केन्द्रीय कार्यालय थापाथलीबाटै  पक्राउ परिन बालिका खड्का

केन्द्रीय कार्यालय थापाथलीबाटै  पक्राउ परिन बालिका खड्का

काठमाडौं । एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छिन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार थापाथली सरेको पार्टी कार्यालयमा खड्का पुगेकी थिइन्।

खड्कालाई पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। खड्कालाई अहिले सिंहदरबार वृत्तमा राखिएको छ।

मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि विवाद छ। खड्काले राईलाई यौनशोषण गरेको आरोप लगाउँदै आएकी थिइन्।