कोरोनाको मुख्य केन्द्र बन्दै काठमाडौं उपत्यका

कोरोनाको मुख्य केन्द्र बन्दै काठमाडौं उपत्यका

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेको छ । नेपाल भर आरटीपीसीआर परीक्षणमा कोरोना भाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमित र एन्टीजेन परीक्षणमा १३१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै एक हजार ५१ जना सङ्क्रमित पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडौं जिल्लामा ७८६ जना, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जनाको सङ्क्रमण पुष्टि भएको छ ।

देशभर सङ्क्रमित पहिचान भएकोमा उपत्यकामा मात्र करिब ४५ प्रतिशत सङ्क्रमित पहिचान भएको छ ।