घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य सोमबारको तुलनामा ३०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९० हजार २०० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।