नक्कली पीसीआर रिपोर्ट बनाएको आरोप सूर्य ल्याबमा प्रहरीको छापा

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोप सूर्य ल्याबमा प्रहरीको छापा

काठमाडौं । काठमाडौंको सीनामंगलमा रहेको सूर्य ल्याबमा प्रहरीले छापा मारेको छ । नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो ल्याबमा छापा मारेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । 

स्वाब नै नलिइकन सो ल्याबले कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट दिने गरेको भेटिएको छ । ४ जनाको नक्कली पीसीआर रिपोर्ट फेला परेको एसएसपी खापुङले बताए ।

स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ल्याब संचालकमाथि कारवाही गरिने एसएसपी खापुङले बताए ।