आज थपिए  १ हजार बढी कोरोना संक्रमित,सबैभन्दा धेरै काठमाडौंमा

आज थपिए  १ हजार बढी कोरोना संक्रमित,सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्। गौतमका अनुसार पछिल्लो एक सातामा १९५४२ परीक्षण भएकोमा ३१०९ संक्रमित फेला परेका छन्। यस्तै यो साता ८५३ जना संक्रमणमुक्त भएका छन्।