कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय


धनगढी ।  कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन् । कोरोना संक्रमणदरको अवस्था हेरेर यस्तो निर्णय लिइएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्नेसमेत जनाएको छ। कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिनपछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिनेसमेत निर्णय गरेको हो।