काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्न सिफारिस गरेको छ ।
उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो ।
शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर डिसिसिएमसीको समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयले अति जोखिमयुक्त १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि पालना भएको छैन । अब बस्ने मन्त्रिपरिषद्को बैठकमा सिसिएमसीको सिफारिसबारे छलफल भएर निर्णय हुने भएको छ ।