प्रचण्ड-नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रचण्ड-नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ। उनीहरूबीच शनिबार बिहान साढे ९ बजेतिर भेट भएको  स्रोतले जनायो। नेता नेपाल झापाबाट सिधै कोटेश्वर आएका थिए। 

उनीहरूबीच कोटेश्वरको एक व्यापारीको घरमा भेट भएको बताइएको छ। शुक्रबार कर्णाली प्रदेश सरकार जोगाउन एमाले नेता नेपालको पक्षका चार सांसदले फ्लोर क्रस गरेका थिए। सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले ुफ्लोर क्रसु गरेका थिए। भेटमा प्रचण्डले अन्य प्रदेशमा पनि साथ दिन नेपाललाई आग्रह गरेको स्रोतले बतायो । 

कर्णालीका मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो। जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए। कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने तटस्थ बसेको थियो।

छुटाउनुभयो कि ?