आज पनि देशैभर ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

आज पनि देशैभर ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । आज पनि काठमाडौं उपत्यकासहित देशैभर ठूलो हावाहुरीको सम्भावना रहेकाले सबैलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले शुक्रबार र शनिबार दुई दिन हिजोको जस्तै देशैभर हावाहुरीको सम्भावना भएको बताइन्।

उनका अनुसार हिजो सुदूरपश्चिम, गण्डकी, बागमती, प्रदेश १ मा ठूलो हावाहुरी आएको थियो। तराई क्षेत्र र कर्णाली प्रदेशमा पनि हावाहुरी त आएको थियो तर थोरै समयका लागि। आज भने देशैभर हावाहुरीको सम्भावना रहेको उनको भनाइ छ।

‘अपराह्नपछि देशैभर ठूलो हावाहुरीको सम्भावना छ, त्यसैले बाहिरफेर हिँड्नुभएको छ वा यात्रामा हुनुहुन्छ भने सजग रहनुहोला,’ उनले भनिन्। हिजो पनि काठमाडौं उपत्यकासहित देशभरजसै ठूलो हावाहुरी आएको थियो। वरिष्ठ मौसमविद् मानन्धरका अनुसार दिउँसो ३र४ बजे सुरु भएको हुन्डरी राति १० बजेबाट मात्र मत्थर भएको थियो।

‘आज पनि लगभग त्यही समयमा हावाहुरीरचट्याङको सम्भावना देखिन्छ,’ उनले भनिन्। तर सम्भावना भने अपराह्नपछि नै देखिएको उनले बताइन्। उनका अनुसार अपराह्नपछि भन्नाले कार्यालय समय हो। अहिले प्रि–मनसुन सिजन भएकाले हावाहुरीरचट्याङ यसैगरी अचानक हुने उनले बताइन्।

हिजो हावाहुरी आएको भए पनि ठूलो वर्षा कतै नभएको उनले बताइन्। जसले गर्दा देशका विभिन्न स्थानमा लागेको ढडेलो निभ्नेगरी पानी नपरेसम्म वायु प्रदूषण घट्ने सम्भावना भने नदेखिएको वरिष्ठ मौसमविद् मानन्धरले बताइन।