आज थपिए ५१७ जना कोरोना संक्रमित, थप पाँच जनाको निधन

आज थपिए ५१७ जना कोरोना संक्रमित, थप पाँच जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा ५१७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ।

मंगलबार १५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ।

हाल देशभर ३ हजार ६ सय ८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार ३ सय ८६ पीसीआर तथा ८ सय १७ एन्टिजेन परीक्षण गरिएको छ।