दैनिक कोरोना संक्रमितको संख्या ११ हजारसम्म पुग्नसक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

दैनिक कोरोना संक्रमितको संख्या ११ हजारसम्म पुग्नसक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको कुराकानीमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र यसलाई नियन्त्रणमा ल्याउन सबैले पहल गर्नुपर्नेसमेत उनले बताएका छन् ।

उनले भने, “कोरोना महामारी तीव्ररुपमा वृद्धि भइरहेको छ । संक्रमण नियन्त्रणका लागि सबै सजग हुन नसकेमा दैनिक ११ हजारसम्म संक्रमित देखिन सक्ने मन्त्रालयको प्रक्षेपण रहेको छ ।” मन्त्री त्रिपाठीले तत्काल सीमा नाका बन्द नहुने बताउँदै भने, “बाहिरबाट आउनेलाई नाका बन्द गरेर हाम्रा नागरिकलाई आउन नदिनु त भएन नी । जनस्वास्थ्यका मापदण्ड पूरा गरेर व्यवस्थापन गरिन्छ ।”

दक्षिण छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको भन्दै उनले मुख्य सीमा नाकामा एक हजार जनासम्म बस्‍नसक्‍ने सल्डिङ सेन्टर बनाइनेसमेत जनाएका छन् । उनले भने, “सीमामा सम्पूर्ण तयारी गरेर अस्पतालाई चुस्तदुरुस्त राख्‍ने कामहरु पनि सरकारले अगाडि बढाएको छ ।”