नेपालमा ह्वात्तै बढे कोरोना संक्रमित, ५५९ जनामा संक्रमण, १३ को मृत्यु

नेपालमा ह्वात्तै बढे कोरोना संक्रमित, ५५९ जनामा संक्रमण, १३ को मृत्यु

काठमाडौं । नेपालमा थप पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ। पछिल्लो २४ घन्टामा १३८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार १६५ पुगेको छ।

त्यस्तै, कोरोनाको संक्रमणबाट थप १३ जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ।