'नयाँ प्रजातिको संक्रमण भुसको आगोजस्तो सल्किँदै छ, सचेत बनौं'

'नयाँ प्रजातिको संक्रमण भुसको आगोजस्तो सल्किँदै छ, सचेत बनौं'

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणबाट सिकिस्त हुने बिरामी बढ्दै गएको बताइएको छ। नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भएसँगै विगत १० दिनयता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिकित्सक डा अनुप बाँस्तोला बताउँछन्।

उनका अनुसार सिकिस्त संक्रमितमध्ये ५० प्रतिशत बिरामी ५० वर्षमुनिका रहेको समेत उनले बताए। उनले भनेका छन्, ‘ अहिले पत्ता लागेका संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या धेरै छ। यसको अर्थ, समुदायमा पत्ता लागेका भन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने हुन्छ। यी संकेतहरूले समुदायमा कोरोना भाइरसको दोस्रो छाल व्यवस्थित भइसकेको पुष्टि गर्छ, जुन अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो।'

हाल समुदायमा युके भेरिएन्ट भुसको आगो जस्तो फैलिरहेको समेत उनले आफ्नो फेसबुकमा लेखेका छन्। कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगोजस्तो सल्किँदै गएको मान्न सकिन्छ।

कोरोना भाइरसको पहिलो छालमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएको हुँदा सजग बन्नुपर्नेसमेत उनले बताए।

‘हामी कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो छालको सँघारमा आइपुगेका छौं । जनघनत्व बढी भएका स्थानमा दोस्रो छाल टार्नै नसक्ने गरी फैलिनसक्ने विश्वव्यापी उदाहरण हेर्ने हो भने, कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) बढी संक्रामक र मृत्युदर उच्च रहेको मान्ने आधार प्रशस्त छन्। कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगोजस्तो सल्किँदै गएको मान्न सकिन्छ।

कोरोना भाइरसको पहिलो छालमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन्। त्यसैले सानोभन्दा सानो पनि लापरबाही नगरौं' उनले भनेका छन्।

कोरोना भाइरसको दोस्रो छाल सम्भावित जोखिमसहित फैलियो भने, हामी अर्को भुँवरीमा पर्ने निश्चित छ। हामीले अझै व्यवस्थित र योजनाबद्ध तयारी गर्नुपर्ने हुन्छ। तसर्थ, भिडभाड रोक्न। बच्चाहरूलाई घरमै सुरक्षित राख्‍न, मापदण्ड पूर्ण पालना गर्न उनले आग्रह गरेका छन्।