आज थपिए २६० जना कोरोना संक्रमित

आज थपिए २६० जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २४३ जनाको परीक्षण गर्दा २६० जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११३ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ३ हजार ३६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।