नेपालमा ह्‍वात्तै बढ्यो कोरोना, सोमबार २६६ संक्रमित थपिए, थप चार जनाको मृत्यु

नेपालमा ह्‍वात्तै बढ्यो कोरोना, सोमबार २६६ संक्रमित थपिए, थप चार जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमण फेरि ह्वातै बढेको छ। पछिल्लो २४ घन्टामा देशभर २ सय ६६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा आज २ सय ६६ जना नयाँ संक्रमित भेटिएका हुन्।

यस्तै, आज ४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्। भने १ सय २ जनाले संक्रमणलाई जितेर घर फर्किएका छन्। हाल देशभर ६४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ। हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेको बताइएको छ।

यसअघि, चैत २२ गते १ सय ७६ जना, २१ गते १ सय २८ , २० गते १ सय ७९ जना संक्रमित भेटिएका थिए।