एकै दिन ४० जनाले लिए हिमाल आरोहणको अनुमति

एकै दिन ४० जनाले लिए हिमाल आरोहणको अनुमति

काठमाडौं । सरकारले पर्यटक आगमनमा खुला गरेसँगै हिमाल आरोहण गर्न अनुमति लिनेको संख्या बढदै गएको छ। आइतबारमात्रै ४० आरोहीले अनुमति  लिएका छन्।

ल्होत्से हिमालका लागि २३ जना, नुप्त्सेका लागि १४ र धौलागिरिमा ३ जना आरोहीले अनुमति पर्यटन विभागले जनाएको छ। ती मध्ये ३५ पुरुष र ५ महिला आरोहीले अनुमति लिएका हुन्।
 
विभागले ४० जना बाट ६४ लाख ४१ हजार ८ सय ४० राजश्व संकलन गरेको छ। यसअघि अप्रिल १ सम्ममा १ सय ५१ जनाले आरोहणका लागि अनुमति लिएका थिए।