आज देशका यी स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

आज देशका यी स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान गरेको छ । स्थानीय र पश्चिमी वायुको सामान्य प्रभावका रहेकाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट र हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।