घाँस काट्न वन गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

घाँस काट्न वन गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न वन गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
 
१४ र १५ वर्षीय किशोरी दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले साचोँ खबरलाई जानकारी दिए ।

शवलाई पोष्टमार्टमको लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ ।