ठूलो दुर्घटनाबाट जोगियो पारस चढेको हेलिकप्टर

ठूलो दुर्घटनाबाट जोगियो पारस चढेको हेलिकप्टर

दमौली । पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ । उनी चढेको हेलिकप्टर मंगलबार साँझ तनहुँको व्यास नगरपालिका–१४, मास्दीघाटमा आकस्मिक अवतरण गरिएको थियो ।

काठमाडौंबाट भरतपुरतर्फ उडेको इयर डाइनेस्टिको हेलिकोप्टर मौसम खराबीका कारण मास्दीघाटमा अवतरण गरेको बताइएको छ । प्रहरीले मौसमको खराबीका कारण हेलीकप्टर आकस्मिक अवतरण गर्नुपरेको जनाएको छ ।

आकस्मिक अवतरणपश्चात प्रहरीको एउटा टोली हेलिकप्टर अवतरण गरेको स्थानमा गएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकोप्टर आकस्मिक अवतरण भएको जानकारी दिए ।