‘अदालतले हाम्रो पार्टी फुटाउन मिल्छ ?’ : दिनानाथ शर्मा

‘अदालतले हाम्रो पार्टी फुटाउन मिल्छ ?’ : दिनानाथ शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पार्टी फुटाउने र जुटाउने काम सर्वोच्च अदालतको नरहेको बताएका छन् । माग दाबी गरेकोभन्दा बाहिर गएर फैसला भएकाले त्यसको पुनरावलोकनका लागि आफूहरुले सर्वोच्च अदालतमा निदेवन दिएको उनले बताए ।

उनले भने, ‘माग दाबीभन्दा बाहिर गएर पार्टी विभाजन गर्ने उद्देश्यले फैसला आएकोले पुनरावलोकनका लागि निवेदन दिएका हौँ ।’ फैसलाको ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन पाइने कानुनी व्यवस्था अनुसार आफूहरुले सर्वोच्चमा निवेदन दिएको भन्दै उनले अदालत पनि संविधानभन्दा बाहिर गएर काम गर्न नसक्ने बताए । पार्टी बनाउने र नबनाउने एवं एकता गर्ने र नगर्ने भन्ने कुरा दुई राजनीतिक दलमा भर पर्ने भन्दै उनले आफूहरुको विषयलाई हस्तक्षप गर्ने काम अदालतले गरेको आरोप लगाए ।

यस्ता हस्तक्षपहरु भोलिका दिनमा पनि अदालतलहरुले गर्न नपाउन् भनेर आफूहरुले पुनरावोलकनको निवेदन दर्ता गराएको उनको भनाइ छ । उनले प्रश्न गर्दै भने, ‘जे पायो त्यही गर्न पाइन्छ? हाम्रो पार्टी फुटाउन मिल्छ रु हाम्रो पार्टी फुटाउने र जुटाउने कुरा सर्वोच्चको क्षेत्राधिकार भित्र पर्छ ?’

यस्तै उहाँले राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि नहुने भन्दै वातावरण बन्यो भने केपी शर्मा ओलीसँग फेरि कुनै न कुनै ठाउँमा एकता हुन सक्ने बताए।