महोत्तरीबाट हराएका सात किशोरी भारतमा भेटिए

महोत्तरीबाट हराएका सात किशोरी भारतमा भेटिए


महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका सात बालिकारकिशोरी भारतमा फेला परेका छन्। मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिकारकिशोरी अपहरणमा परेको अनुमान थियो।

भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले  बताए। उनकाअनुसार सबै बालिकारकिशोरी सकुशल छन्। उनीहरूलाई किन भारत लगियो भन्ने अनुसन्धानकै क्रममा रहेको उनले बताए।

धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान घाँस काट्न मंगलबार घरबाट निस्केका थिए। प्रहरी र अभिभावकहरू अहिले भारत गइरहेको उनले बताए।