सुगम र सोनाको स्वरमा ‘मेरो माया करोड’ सार्वजनिक (भिडियोसहित)

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोड’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सुगम पोखरेल र सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द र सङ्गीत रहेको छ भने साहज शाक्यको सङ्गीत संयोजन छ। 

गीतको भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छन्। उनलाई सागर लम्साल (बले) गोभिन सिंह बिस्टले अभिनयमा साथ दिएका छन्। बुद्ध थापाले छायाङ्कन गरेका छन् भने भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् । 

सहायक निर्देशनको जिम्मा सुबोल थापाले गरेका छन्। भिडियोमा नवीन निरौलाको सम्पादन र सुबम भुजेलको कोरियोग्राफी रहेको छ। यो गीतको भिडियो गायिकाको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।