मंगलबारदेखी सार्वजनिक यातायात अनिश्चितकालिन बन्दको घोषणा

मंगलबारदेखी सार्वजनिक यातायात अनिश्चितकालिन बन्दको घोषणा

दाङ । दाङका यातायात मजदुरहरु आन्दोलित भएका छन् । उनीहरुले विभिन्न माग राख्दै आउदो मंगलवार यहि चैत १७ गते देखी सार्वजनिक यातायात सेवा अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । यातायात मजदुरसंग सम्वन्धित संघ संगठनहरुले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ नेपाल यातायात मजदुर संघ ईकाई तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले सयुक्तहरुमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् । कोरोना माहामारीका कारण लामो समय सम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्नो समय यातायात व्यवसायीहरुको अस्वस्थ्य प्रतिष्प्रर्धाका कारण झनै समस्यामा परेको भन्दै आफुहरु आन्दोलित भएको संगठनका जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले बताउनु भएको छ ।

यस अघि पनि तिन वटै मजदुर संघ संगठनहरुले आफना मागहरु कार्यन्वयन गर्नका लागि सम्वन्धित यातायात प्रालिका पदाधिकारी संग बारम्बार छलफल र बार्ता गरेपनि कुनै सुनुवाई नभएको हुदा आफु बाध्य भएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको यातायात मजदुर संघ ईकाई तुलसीपुरका अध्यक्ष सुवर्णराज भण्डारीले बताउनु भएको छ । पहिलो चरण अन्र्तगत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पुरा नभए सम्पुर्ण यातायात क्षेत्र बन्द गर्ने उनीहरुको चेतावनी छ ।