आफ्नै बाबुबाट बलात्कृत १४ वर्षकी छोरीले जन्माइन् छोरा

आफ्नै बाबुबाट बलात्कृत १४ वर्षकी छोरीले जन्माइन् छोरा

गुल्मी । गुल्मीमा आफ्नै बाबुबाट पटक पटक बलात्कृत भई गर्भधारण गरेकी एक किशोरीले छोरा जन्माएकी छन् । बागलुङ स्थायी घर भई बिगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा बस्दै आएका अन्दाजी ६० वर्षीय बाबुले १४ बर्षकी किशोरीलाई पटक पटक बलात्कार गर्दा गर्भ बसेको थियो । 

आफ्नै बाबुको गर्भधारण गरेकी किशोरीले आइतबार तम्घास अस्पतालमा छोरा जन्माएकी हुन् । किशोरी र बच्चाको अवस्था स्वास्थ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

किशोरीकी आमाले दिएको जाहेरीका आधारमा बाबुलाई प्रकाउ गरिएको पाण्डेले बताए । अदालतबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बाबुले एउटा आँखाले देख्दैन् भने अर्को आँखाले सामान्य देख्छन् ।