आज थपिए ८५ जना कोरोना संक्रमित, थप तीन जनाको मृत्यु

आज थपिए ८५ जना कोरोना संक्रमित, थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७६ हजार सात सय ५० पुगेको छ ।

यस्तै थप ९३ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३५ पुगेको छ । अहिले नेपालमा १२ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् ।