आज थपिए १५६ जना कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

आज थपिए १५६ जना कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

काठमाडौं ।  देशभर पछिल्लो २४ घण्टामा १५६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ।

प्रदेश १ मा ५ जना, वाग्मतीमा १०६ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा दुईजना र सुदूरपश्चिममा ३ जनामा संक्रमण देखिएको छ। पछिल्लो केही समयदेखि वाग्मती प्रदेशमा संक्रमणको दर बढ्दै गएको छ। प्रदेश २ मा भने थप संक्रमण देखिएको छैन।

यस्तै, संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणका कारण ३ हजार २४ जनाको मृत्यु भइसकेको छ।