प्रतिनिधिसभा र प्रदेशसभाको चार सिटका लागि ६५ जनाको उम्मेदवारी, कहाँ कसको मनोनयन? हेर्नुस् सूची

प्रतिनिधिसभा र प्रदेशसभाको चार सिटका लागि ६५ जनाको उम्मेदवारी, कहाँ कसको मनोनयन? हेर्नुस् सूची

काठमाडौँः मंसिर १४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ ६५ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता कार्यक्रम राखिएको थियो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका रिक्त चार स्थानका लागि ६५ जनाको मनोनयन दर्ता भएको हो।

आयोगले २४ गते मनोनयन परेका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दैछ। कात्तिक २५ गते उम्मेवारलाई चिन्ह प्रदान गर्नेछ। बिहीबार प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भक्तपुर १ (क) बागलुङ २ (ख) र दाङ ३ (ख) मा मनोनयन भएको हो।

आयोगका अनुसार कास्की २ मा २२ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा कमल जङ्ग (स्वतन्त्र), नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का विद्या भटृराई, देशभक्त समाजका वीर वहादुर विश्वकर्मा, नेपाली काँग्रेस (बी.पी.) का चन्द्र बहादुर रानाभाट, यज्ञप्रसाद पंज्ञेनी (स्वतन्त्र), साझा पार्टीका रजनी के.सी., राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर राना, जमुना शर्मा (स्वतन्त्र), नेपाली काँग्रेसका खेमराज पौडेल, नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गनाईजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ्, लक्ष्मी कुमारी भुजेल (स्वतन्त्र), सुनिल भुसाल (स्वतन्त्र), सुनिल बहादुर कोइराला (स्वतन्त्र), उमनाथ गौतम (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का श्रीमती गंगा मल्ल, दिपक रेग्मी (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम बहादुर भण्डारी, रन बहादुर दमै (स्वतन्त्र), नवराज वास्तोला (स्वतन्त्र) र पुरुषोत्तम खनाल (स्वतन्त्र) गरी जम्मा २२ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा मनोनयनपत्र दर्ता गराएका छन्।

यस्तै, भक्तपुर २ (ख) मा १९ जनाको उम्मेदवारी परेको छ। जस अनुसार कृष्ण प्रसाद ह्योगो (स्वतन्त्र), जिवन नेपाली (स्वतन्त्र), कृष्णराम पोतामाहा (स्वतन्त्र), साझा पार्टीका सुरज प्रधान, अर्जून कोजु (स्वतन्त्र), उत्तम साखकर्मी (स्वतन्त्र), नेपाली काँग्रेसका कृष्णलाल भँडेल, राकेश सुवाल (स्वतन्त्र), समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेपाल मजदुर किसान पार्टीका निरज लवजू, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, सुमना कार्की (स्वतन्त्र), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकाल, जीवन चन्द्र अधिकारी (स्वतन्त्र), नेपाल कम्युनिष्ट पार्टी (माले) का सुदर्शन लामिछाने, संगिता पौडेल आचार्य (स्वतन्त्र), सुजाता देउजा (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा र नेपाली काँग्रेस (बि.पी.) का मधुसुदन न्यौपाने गरी जम्मा १९ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

यस्तै निर्वाचन आयोगका अनुसार बागलुङ २ (ख) मा १० जनाको उम्मेदवारी दर्ता भएको छ। मनोनयन दर्ता गर्नेमा रा.प्र.पा. (संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बि.क., राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्तीमगर (स्वतन्त्र) र मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर गरी जम्मा १० जना रहेका छन्।

यस्तै, दाङ ३ (ख) मा १४ जनाले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, नेपाली काँग्रेसका केशव राज शर्मा, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का छोटीलाल थारु, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डागी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बिमला कुमारी खत्री, समाजवादी पार्टीका डिल्ली बहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मंगोल नेशनलका घनश्याम चौधरी, टिकाराम आचार्य (स्वतन्त्र), गोविन्द के.सी. (स्वतन्त्र), साझा पार्टीका शिव कुमार चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्र बहादुर खत्री र नेपाली कांग्रेस (बी.पी.) का दिपक कुमार धिताल गरी जम्मा १४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।